अहिले युनिकोडमा नेपाली टाइप गर्ने काम बढ्दो छ । त्यसमा कुन वर्ण पहिले र कुन वर्ण पछि कसरी टाइप गर्ने भन्नेमा धेरैलाई समस्या हुनुकाे मुख्य कारण नेपाली वर्णविन्यासकाे (Nepali Warnabinyas) राम्राे जानकारी नहुनु हाे । फलस्वरूप भाषा अशुद्ध हुन जाँदा भनाइ अनर्थ हुन्छ । विवाद उत्पन्न हुन सक्छ । यस्तै सन्दर्भमा याे नेपाली वर्णविन्यास नामक सानाे पुस्तकमा नेपाली भाषाकाे शुद्धताका लागि थोरै कुराहरू राखेर अन्य भाषाहरूको बढ्दो प्रभावबाट नेपाली भाषामा परेको क्षतिलाई थोरै मात्र भए पनि हटाउन सके यो सानो प्रयासले सार्थकता पाएकाे ठान्ने छु ।
कुनै पनि भाषालाई एउटा सुन्दर माला मान्ने हाे भने त्यसकाे व्याकरणलाई उक्त मालाकाे बलियाे धागाे मान्न सकिन्छ । धागाे बलियाे नहुँदा वा चुटिँदा मालाकाे जुन अवस्था बाँकी हुन्छ त्यस्तै अवस्था भाषाकाे हुन जान्छ । भाषाकाे शुद्धता पनि उक्त भाषाकाे व्याकरणकाे एउटा पाटाे हाे जुन निश्चित यस्तै भन्ने हुनुपर्ने हाे तर नेपाली भाषाकाे शुद्धाशुद्धीका सम्बन्धमा धेरै तर्कवितर्क तथा बहसहरू भए । समय–समयमा छपाइ तथा लेखनमा फरकफरक तरिकाहरू पनि अघि सारिए । यसबाट पनि नेपाली भाषाजगत्मा अलमल भएकाे कुरालाई हामी नकार्न सक्दैनाैँ ।
आज समयअनुसार चलेका नियमका कुराहरू अवगत गर्नेगराउने सन्दर्भमा वि.सं. २०५५ सालमा मेरा साथी राजेन्द्रमान बनेपालीले भक्तपुरको आफ्नै घरमा चलाउनु भएको ECC & Computer Plus ले प्रकाशन गरेकाे पुरानाे पुस्तिकालाई पुनः जिवन्तता दिँदै छु । त्यतिखेर हाम्रा दुई विद्यार्थीहरू रामलक्ष्मी प्रजापति र सीताराम प्रजापतिले मैले लेखेर राखेको ह्रस्व र दीर्घसम्बन्धीको कापीलाई टाइप गरिदिनु भई मेरो काममा सहजता प्रदान गर्नुभयो । हाल त्याे कुराको सम्झनाको चिनो स्वरूप आफूसँग त्यसको फोटोकपी एउटा मात्र बाँकी रहेको कुरा व्यक्त गर्दा त्यसलाई पुनः टाइप गर्ने र प्रकाशन गर्ने कुरा भएअनुसार मैले काम थालेँ । २२ वर्षअघि मैले जति गरेँ अहिले पनि त्यतिमात्रमा सीमित हुन मनले नमानेपछि त्यसमा थपघट–संशोधन गर्नुका साथै नेपाली भाषामा अलमल हुने ह्रस्व–दीर्घकाे प्रयाेग, पञ्चमवर्णकाे प्रयाेग, ब, व, श, ष, स काे प्रयाेग, संयुक्त अक्षर आदिको प्रयोग कहाँ–कसरी हुन्छ भन्ने कुराहरू राखेर नेपाली भाषा जगत्मा सानो केही गर्ने प्रयास मात्र गरेको हुँ ।
सबैबाट सदा सहयोगको अपेक्षा राख्दै अहिले यो पुस्तिका प्रकाशन गर्नुहुने Callmandu.com र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
सुरज दिदीया, मिति २०७७ असार २१ गते, भक्तपुर ।
Suraj Didiya is a school teacher of Samaj Sudhar Secondary School in Bhaktapur. He is graduate of Tribhuvan University and teaching in secondary school since more than two decade.
Want to get booklet “नेपाली वर्णविन्यास” free? Please fill up form for free delivery for the first 100 subscribers !
The publication on sale. – https://callmandu.com/directory/nepali-warnabinyas-booklet/
iam good for this program